झिमरुक । झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी सहितका ब्याक्तीले हातपातको प्रयास गरेका छन ।
बुधबार दिउसो एउटा योजनाको बिषयलाई लिएर उपभोक्ता समितिका पदाधिकारी सहित पुगेका एमसीले योजना शाखा कर्मचारी दिपक जिसी, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाललाई अभद्र व्यबहार गरेको गाउँपालिकाले जनाएको छ ।
उक्त घटना पछि कर्मचारी आन्दोलित भएका छन ।






