> राष्ट्रिय > प्युठानमा रोकिएन चोरीका घटना, झिमरुक-५ मा समसाझै चोरी


प्युठानमा रोकिएन चोरीका घटना, झिमरुक-५ मा समसाझै चोरी

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा एक घरमा चोरी भएको छ । सोमबार झिमरुक-५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताउनुभये । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।

घरमा पदम खड्काको बुहारी संगिता खड्का मात्र रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेका थिए । संगिता खड्का घरमा चिच्याएपछी स्थानीयले थाहा पाएपछि चोर भागेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्काको जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिनुभयो ।

प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।


यसैबीच झिमरुक गाउँपालिकाले चोरीका घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयलाइ अनुरोध गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले गृहमन्त्रीलाई पत्र लेखेर घटनाबारे जानकारी गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *