> राष्ट्रिय > एम्नेष्टीको स्थापना दिवसमा प्युठानमा दीप प्रज्वलन


एम्नेष्टीको स्थापना दिवसमा प्युठानमा दीप प्रज्वलन

प्युठान । मानव अधिकार सम्बन्धि संस्था एम्नेष्टी इनटरनेशनलको ६२ औं स्थापना दिवसको अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–३६ प्यूठानले दीप प्रज्वलन गरेको छ । प्यूठान सदरमुकाम खलंगा पाटी चोकमा दीप प्रज्वलन गरी शुभकामना आदान प्रदान गरिएको हो ।

 

समूह–३६ प्युठानको संयोजक कल्पना खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समितिका सदस्यहरु तथा अन्य स्थानीय व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कार्यक्रमको अध्यक्ष तथा समूह–३६ प्यूठानको संयोजक कल्पना खड्काले एम्नेष्टी इन्टरनेशनल मानव अधिकारको क्षेत्रमा काम गर्ने एक पवित्र संस्था भएको उल्लेख गर्नुभयो । मानव अधिकारको प्राप्तीको लागि एम्नेष्टी इन्टरनेशनल जहिले पनि आवाज उठाउदै आएको संस्था भएको समेत जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *