> आर्थिक/बिकास > ९ लाख लगानीमा जुत्ता चप्पल उद्योग संचालन, स्थानीय सरकारबाट सहयोगको अपेक्षा


९ लाख लगानीमा जुत्ता चप्पल उद्योग संचालन, स्थानीय सरकारबाट सहयोगको अपेक्षा

वासुदेब गिरी
प्युठान । प्युठानको झिमरुक गाउँपालिका-५ मच्छिमा ३ वर्षदेखि सृजना जुत्ता चप्पल उद्योग संचालनमा छ ।

स्थानीय लिल बहादुर थापाको करिब ९ लाख रुपियाँ लगानीमा उद्योग संचालनमा आएको हो ।

२०७७ सालमा झिमरुक गाउँपालिकामा दर्ता भइ संचालमा रहेको उद्योग हाल विभिन्न साइजमा फित्ता वाला चप्पल तयार गरिदै आएको उद्योग संचालक लिल बहादुर थापा बताउनुभयो ।

उहाँका अनुसार आफ्नो उद्योगबाट स्थानीय ३ जनाले रोजगारी समेत पाएका छन् । रोजगारी पाउँदा मजदुरको दैनिक गर्जो समेत टरेको छ ।

उद्योगबाट मासिक करिब २० हजार आम्दानी हुने गरेको लिला बहादुर थापाले जानकारी दिन’भयो । ५ परिवार रहेको उनको मुख्य आम्दानीको स्रोत कृषी र उद्योग रहेको बताउन’भयो । उद्योग र कृषिबाट उनले ३ छोराछोरीको राम्रो शिक्षादीक्षा दिन’भएको छ ।

एक छोरा इन्जिनियर बनाएको / एक छोरीले बालशिक्षा माध्यमिक बिद्यालयमा सिभिल तर्फ एसइइ दिएकी छिन् । अर्को छोरा गौमुखी इङलिस बोडिङ्ग स्कुल मच्छिमा ७ कक्षामा अध्यानरत छन् । छोराछोरीको उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न आफै दैनिक उद्योगमा काम गर्दै आएको उहाँले बताउनुभयाे ।

उद्योगवाट उत्पादित जुत्ता चप्पल प्युठानको झिमरुक गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाको स्थानीय बजारमा बिक्रीवितरण हुँदै आएको थापाले बताउनुभयो ।

उद्योग संचालक थापाका अनुसार उद्योग संचालन गर्न स्थानीय सरकार संग सहयोग मागेपछि कुनै सहयोग नपाएको गुनासो गर्नुभयो । राम्रो काम पेशा ब्यवसाय गर्ने उद्यमी, कृषक, ब्यवसायी उद्योगीलाई हौसला बढाउन पालिकाले सहयोगको दायरा फराकिलो बनाउनुपर्ने उहाँको भनाइ छ ।

केही गर्छु भन्ने सपना बोकेर काम थालेका स्थानीय कृषक, ब्यवसायी उद्योगीहरुलाई राज्यले आवस्यक सहयोग र अनुदान दिएर हौसला दिनुपर्ने बताउन’भयो । ‘केही काम गरेर देखाउने इच्छा भएका उद्योगी ब्यवसायीको मनोबल बढाउने कार्यक्रम स्थानीय तहले लैजानुपर्छ ।’ उहाँले भन्नुभयो ।

स्थानीय स्तरमा आफ्नै लागानिमा खुलेका उद्योगहरुको स्थानिय तहले पहिचान गरि त्यस्ता उद्योग संगको समन्वयमा स्थानीय जनतालाई रोजगार संग जोडेर लैजान सके स्थानीयलाई फाइदा पुग्ने उहाँको भनाई छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *