> राष्ट्रिय > जनचाहना प्राथमिक विद्यालयको विद्यालय ब्यवस्थापन तथा अभिभावक संघ गठन


जनचाहना प्राथमिक विद्यालयको विद्यालय ब्यवस्थापन तथा अभिभावक संघ गठन

दीपेन्द्र सुनार
प्युठान । जनचाहाना प्राथामिक विद्यालय झिमरुक गाउँपालिका- १ सौतामारेमा विद्यालय ब्यवस्थापन तथा अभिभावक संघ गठन गरिएको छ ।

 

आइतबार विद्यालयको प्राङ्गणमा शिक्षक, अभिभावक, वडाका जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य, विभिन्न दलका प्रतिनिधिहरु, समाजसेवी बुद्धजिवि सहित बसेको अभिभावक भेलाले लोक बहादुर जि.सी. को अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यावस्थापन समिति गठन गरेको छ ।

 

ब्यावस्थापन समितिको सदस्यहरुमा दान बहादुर जि.सी., कौशला बि.क., कुष्मा बि.क. मनोनीत सदस्यमा मीन ब. बि.क. प्रधानध्यापक राम बहादुर बि.क. शिक्षक तारा प्रसाद घिमिरे रहनुभएको छ ।

 

साथै दुई जना मध्ये गाउँपालिकाले एक जना र वडाले एक जना प्रतिनिधि मनोनीत गरि ९ जनाको विद्यालय ब्यावस्थापन समिति गठन गरिएको प्रधानध्यापक राम बहादुर बि.क.ले जानकारी दिनुभयो ।

 

त्यस्तै इमान बहादुर जि. सी. को अध्यक्षतामा ११ सदस्यीय अभिभावक संघ गठन गरिएको छ । सदस्यहरुमा गिता जि.सी., जंग बहादुर बि.क., सीता नेपाली, मोहन बहादुर खत्री, अशोक नेपाली, निर्मला घिमिरे, जबुना रोकामगर, पदेन सदस्य लोक बहादुर जि.सी.(ब्यवस्थापन समिति अध्यक्ष ), राम बहादुर बि.क .( प्रधानध्यापक) , र सदस्य सचिब शिक्षिका गोमा खनाल रहनुभएको छ ।

 

अभिभावक भेलामा विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष लोक बहादुर जि. सी. को अध्यक्षता झिमरुक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धुर्ब्रराज खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन प्रधानध्यापक राम बहादुर बि. क.ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *