प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परिवर्तित नाम प्यूठान कार्यालयले कार्यान्वयनमा ल्याएको छ । परियोजनाको नाम परिवर्तन गरि `राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम´ राखिएकोछ ।
अब प्यूठान कार्यालयको नाम `राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ´ रहने कार्यालय प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । मन्त्रीपरिषदको निर्णय अनुसार परिवर्तित नामको बारेमा जिल्लामा रहेका जोन कार्यक्रम संचालक समितिको संयुक्त बैठकमा जानकारी गराइएको उहाँले बताउनुभयो ।
जिल्लामा धान, तरकारी र अदुवा/हलेतो गरि ३ वटा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालनमा छ्न ।
बिहिवार सरोकारवालाहरुको उपस्थितिमा आव २०८१/८२ को समिक्षा तथा आव २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रम स्थापना वर्ष २०७३/७४ देखि नै जिल्लामा यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा छ ।
राज्य पुर्नसंरचनासंगै संघीय सरकार अन्तरगत कृषि क्षेत्र हेर्ने यो एक मात्र कार्यालय हो ।






