> राष्ट्रिय > प्यूठानमा तीन वर्षको अवधिमा ८१ लैङ्गिक हिंसाका घटना दर्ता


प्यूठानमा तीन वर्षको अवधिमा ८१ लैङ्गिक हिंसाका घटना दर्ता

प्यूठान, १२ मंसिर । प्यूठानमा पछिल्लो तीन वर्षको अवधिमा ८१ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार चालु आर्थिक वर्षको हालसम्म लैङ्गिक हिंसाका ९ वटा घटना दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ४३ वटा, आर्थिक वर्ष ०७६/०७७ मा २९ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो ।

 

दर्ता भएका घटनामध्ये धेरै जसो बालविवाह, बहुविवाह, जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा रहेको उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा आउने मुद्धाहरु संवेदनशिलता, गोपनियता र सेवाग्राहिको पिर मर्कालाई बुझेर समाधान गर्ने र केही जगन्य प्रकृतिको मुद्धाहरुलाई मेलमिलाप नगरी अदालतमा लाने गरिएको सुचना अधिकारी गैरेले बताउनुभयो ।उहाँले भन्नुभयो,–‘लैङ्गिक हिंसाका घटनालाई कम गर्न प्युठान प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

 

स्वयंम आफु सजक रहन सकेमा पनि लैङ्गिक हिंसाका घटनामा कमि आउने प्रहरी निरीक्षक गैरेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *