प्यूठान । सरकारले बुधवार देखी लागु हुने गरी सार्वजनिक यातायातको भाडादर बुद्धि गरेको छ ।
दुई वा सो भन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको छ । जस अनुसार यात्रुबाहक सवारीमा ३.५%, पहाडी मालवहाक सवारीमा ४.६% र तराई मालवहाक सवारीमा ५.१% ले बृद्धि भएको छ ।
साविक १३८ रुपैया प्रतिलिटर डिजेलको मुल्यमा २०७८।१२।२२ मा रु. ५ र २०७९।०१।३१ मा रु. १० बृद्धि भई हाल बजारमा रु. १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । सो मुल्य पछिल्लो समोजनको मुल्य भन्दा १०.८६% बढी हो ।
बृद्धि भएको भाडादरको सूची हेर्नुहोस्
final.2079.02.03अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239
