प्यूठान । ऐरावती गाउँपालिकाको बरौलामा लागु औषध दुर्बेशन, लैगिंक हिंसा र बाल बिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमति संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्ने बताउनुभयो । समाजमा भइरहेका अपराधलाई तथा लागुऔषध दुव्र्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रण गर्न स्थानिय तहहरुले विशेष खालमा कार्यक्रम मार्फत जनसमुदायमा चेतना फैलाउन जरुरी रहेको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले कार्यक्रमहरु धेरै भइसके अब परिणाम आउन बाँकी रहेको बताउनुभयो । घरेलु हिंसा घरबाटै हुन्छ यहि हिंसा लुकायो भने त्यो पनि अपराध हुने उहाँले बताउनुभयो ।
जिल्लामा बाल विवाहको तथ्यांक हेर्दा पछिल्लो ७ वर्षमा २४ वटा मुद्धा दर्ता भएका छन् । यस आर्थिक वर्षमा ४ वटा मुद्धा परेका प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
बाल बिवाह न्यूनीकरणको लागि समयमै सूचना दिने व्यक्तिलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको एरावती गाउपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताउनुभयो ।
उक्त कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले लागु औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
गाउँपालिकाको आयोजना र नेपाल प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयम कार्यक्रम सम्पन्न भएको हो ।
