> राष्ट्रिय > लहरे तरकारी बालीमा नया प्रबिधि : थ्री जी कटिङ


लहरे तरकारी बालीमा नया प्रबिधि : थ्री जी कटिङ

प्युठान ।लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रबिधिबारे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाई प्युठानले कृषकलाई स्थलगत तालिम दिएको छ । आज पोख्रेल नर्सरी फार्ममा नगरपालिका क्षेत्रका कृषकलाई स्थलगत रुपमा तालिम दिएको हो ।

कृषि अनुसन्धान परिषदले प्रवर्द्धन गरेको प्रबिधि भएकाले यसको प्रवर्द्धन गर्न लागिएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । “अफ्रीकन मुलुकमा यो प्रबिधि प्रयोगमा छ ।” उहाँले भन्नुभयो,”यसबाट दोब्बर उत्पादन बढाउन सकिन्छ ।” काक्रा, फर्सि, घिरौला, लौका, करेला जस्ता लहरेबालीमा यो प्रबिधिको प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा पोख्रेल नर्सरीका प्रोपाईटर तथा तरकारी जोन समन्वय समितिका अध्यक्ष लोकराज पोख्रेलले आफ्नो अनुभव सहभागीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रमको सन्चालन बिपिन खड्काले गर्नुभएको थियो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *