> आर्थिक/बिकास > झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन छलफल


झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन छलफल

प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले नचलेकाे संस्थालाई थप प्रभावकारी बनाउन भाबी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

 

समुदायमा रहेको पुँजिलाई केन्द्रीकृत गरि जनताको न्युनतम आवश्यकता परिपुर्ति गर्न निकै सहयोग पुग्ने भएकोले सहकारीलाई उत्पादनमा जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो ।

“गाउँपालिकामा रहेका सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्न सबैको सहकार्य आवश्यक पर्छ।” अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो । सहकारी मार्फत स्थानीय जनतालाई समृद्धि संग जोडेर लैजानु पर्ने भएकोले सबै सहकारीकर्मीहरु लाग्नुपर्ने उहाँको भनाई छ। सहकारीलाई थप प्रभावकारी बनाउन गाउँ सरकारले कुनै कसर बाकी नराखेर अगाडी बढ्ने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो ।

 

झिमरुक गाउँपालिकामा ३२ वटा सहकारी संस्था दर्ता भइ संचालमा रहेको सहकारी शाखा प्रमुख अरबिन्द महतले जानकारी दिनुभयो । उहाँका अनुसार बचत तथा ऋण सहकारी १३ वटा कृषि सहकारी ११ वटा उपभोक्त सहकारी ३ वटा बहुउद्देश्यीय सहकारी ३ वटा संस्था गरि ३० वटा सहकारी संस्था क्रियाशील रहेका छन् । प्रदेशमा कार्यक्षेत्र भएर झिमरुक गाउँपालिकामा २ वटा सहकारी संस्था संचालनमा रहेको उहाँले बताउनुभयो ।

 

गाउँपाइकामा क्रियाशिल २४ वटा सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापकहरुले आफ्नो सहकारी संस्थाको हालको अवस्था सदस्य संख्या लागानी र बचत अवस्था बारे रिपोर्टिङ गरेका थिए ।

 

कृषकले उत्पादन गरेको कृषि उपजले मूल्य नपाउने अवस्था रहेकोले पालिकाले कृषी सहकारी मर्फत बजारीकरणमा सहयोग आवश्यक रहेको सहकारी संस्थाहरुको जोड दिएका थिए ।

 

सहकारी संस्थालाई प्रबिधि मैत्री बनाउदै दक्ष र सीप युक्त बनाउन गाउँपालिकाले अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्ने चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बताउनुभयो ।

 

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, आर्थिक बिकास समितिका संयोजक कृष्ण बहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापक हरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन यमलाल पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *