> समाज > स्वर्गद्धारीमा आरडीटी नेगेटिभ पछि घर फर्किएका थिए संक्रमित


स्वर्गद्धारीमा आरडीटी नेगेटिभ पछि घर फर्किएका थिए संक्रमित

प्यूठान, ३२ जेठ । ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) नेगेटिभ देखिएर होम क्वारेन्टाइनमा गएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । आरडीटी नेगेटिभ देखिएपछि घर फर्किएका स्वर्गद्धारी नगरपालिका–८ का बर्जिवाङका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी गत जेठ १० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा पठाइएको स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिनुभयो । ‘उहाँ घरमा सुरक्षित रुपमा बस्दै आउनुभएको थियो,’ संयोजक केसीले भन्नुभयो, ‘समुदायसँग टचमा हुनुहुन्नथ्यो, घरमै सुरक्षित बस्नुभएको थियो ।’

जेठ १३ गते भारतबाट आई नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनको स्वाव जेठ २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उनको घरमा ७ जनाको परिवार रहेको स्थानीयले बताएका छन् । हिजो शनिबार मात्र दिदि समेत उक्त घरमा आएको बताइएको छ ।
जिल्लामा आरडीटी नेगेटिभ देखिएका व्यक्तिको पीसीआर रिर्पोट पोजेटिभ आएको पहिलो घटना हो । आजै स्वर्गद्धारी नगरपालिका–४ का थप एक संक्रमित भेटिएका छन् । यो सँगै स्वर्गद्धारी नगरपालिकामा संक्रमितको संख्या तीन पुगेको छ ।

आज भेटिएका संक्रमितलाई स्थानीय तहले बनाएको आइसोलुसन कक्षमा राख्ने तयारी गरिरहेको वडा नम्वर ४ का वडा अध्यक्ष सुरेन्द्र हमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *