> राष्ट्रिय > आगनमै अपांगता परिचयपत्र पाउँदा खुशी


आगनमै अपांगता परिचयपत्र पाउँदा खुशी

वासुदेव गिरी
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले अपांगता परिचयपत्र वितरणको कामलाई आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् ।

 

बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई घरमै पुगेर अपांगता परिचयपत्र प्रदान गरेको हो ।

 

 

कार्यालय सम्म आउन नसक्ने अति अशक्त अपांगलाई सहजताका लागि भनेर गाउँ आगनमै पुगेर अपांग परिचयपत्र वितरण गर्न थालिएको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।

 

 

यस्ता सेवाहरुलाई गाउँटोलमा पुर्याएर स्थानीय सरकारलाई जनमैत्री बनाउने र स्थानीय सरकार जनता प्रर्ती उत्तरदायी सरकारको रुपमा स्थापित गर्न सहयोग पुग्ने उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।

 

 

आफ्नो घर आगनमै परिचयपत्र पाउँदा स्थानीय निकै खुशी भएका थिए । स्थानीय सरकारले परिचयपत्र संगै बृद्ध भत्ता समेत गाउँमै लिएर दिए हामी जस्ता बृद्धवृद्धाहरुलाई सजिलो हुने एक जेष्ठ नागरिकले सुनाए ।

 

झिमरुक गाउँपालिका- ५ तारेभिरका माधब रोका र विष्णु बहादुर रोका क्रमश ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्नुभएको छ भने त्यस्तै झिमरुक -६ मर्कावाङ, लेख, धगे, बस्ने टिकाराम पुन, लाल बहादुर पुनले ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेको महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेलले जानकारी दिनुभयो ।

 

 

यो परिचयपत्र वितरण कार्य नियमित चल्ने कार्यक्रम भएकोले रित पुर्याएर वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको पालिकाले जनाएको छ ।

 

 

परिचयपत्र वितरणमा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, वडा अध्यक्ष धन बहादुर पुन, महिला बालबालिका शाखाका प्रमुख यामलाल पोख्रेल जनप्रतिनिधि कर्मचारी स्थानीय बासी लगाएको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *