प्युठान । प्युठानमा विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपाल प्युठानको तेस्रो जिल्ला अधिबेशन बिजुवारमा सम्पन्न भएको छ ।
शुक्रबार जिल्लामा रहेका सरकारी तथा निजी क्षेत्रका विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुको हक हितमा काम गर्ने साझा संस्थाका रुपमा रहेको महासंघ प्युठानको तेस्रो जिल्ला अधिबेशनबाट नयाँ कार्यसमितिको चयन भएको हो ।
अधिवेशनले दल बहादुर के.सी.को अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसहम्मत चयन भएको हो । जसको उपाध्यक्षमा राधा के.सी. सचिव गाेपालय विष्ट, काेषाध्षक्ष कृष्ण श्रेष्ठ सदस्य शिशिर पोख्रेल नारायणी पाेख्रेल र देवका कुवँर निर्विराेध निर्वाचित हुनुभएको हो ।
कार्यक्रम बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा मिसन ग्रासरुट अभियानका सदस्य घनश्याम पाण्डेले पेशागत सुरक्षाको लागि सबै पेशाकर्मीहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । पेशागत महासंघ नेपाल प्युठानको तेस्रो अधिबेशनको प्रमुख अतिथि समेत रहेका पाण्डेले मुलुकको समृद्धिको लागि पेशाकर्मीको महत्त्वपूर्ण भुमिका भएकोले यस् तर्फ एकढिक्क भएर लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले सबै पेशाकर्मीहरुले जवाफदेही भएर जनताको काम गर्नुपर्ने बताएका छन । उहाँले भन्नुभयो,”समृद्धिको आधार पेशाकर्मी भएकोले जिम्मेवार हुनुस।” पेशागत मर्यादालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष दल बहादुर के.सी.ले पेशागत महासंघ नेपालमा आबद्व सबै घटकका सदस्यहरुको सुरक्षा र संगठनको हितका लागि निस्वार्थ रुपमा निरन्तर काम गर्ने बताउनुभयो । पेशागत महासंघलाई थप ब्यवस्थित गर्दै जाने उहाँको भनाई छ । सबै पदाधिकारीहरुलाई संगठनप्रति ईमान्दार भएर काम गर्न आग्रह समेत गर्नुभयो । संगठनका हक अधिकार, सुरक्षा र जायज माग सम्बोधनका लागि स्थानीय तह,जिल्ला प्रदेश हुँदै केन्द्र सम्मपैरवी गर्ने उहाँको भनाई थियो ।
अधिबेशनले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन अनुमोदन गर्दै भाबी कार्यक्रम समेत अनुमोदन गरेको महासंघ अध्यक्ष देबि प्रसाद रिजालले जानकारी दिनुभयो ।
महासंघका देबि प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचीव बसुदेब गिरी गर्नुभएको थियो ।