समाज

कोरोनाले प्रभावित चैते दशैं

[mashshare]

प्यूठान, १९ चैत्र ।
आज चैते दशैं । चैत शुक्ल अष्टमिका दिन मनाईने चैते दशैं विभिन्न शक्तिपिठहरुमा वली दिने प्रचलन यस वर्ष स्थगित भएको छ । कोरोना भाईरस संक्रमणको जोखिमका कारण यस्तो भएको हो ।

प्यूठान लिवाङको स्नाथान, ओखरकोट, बाँदिकोटको गढिकोट, खलंगाको झाँक्रिस्थान लगायतका विभिन्न मठमन्दिरहरु सुनसान छन् ।

यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो । तर, यस समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।
दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो ।

दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।
फाईल तस्विर । (इन्टरनेटको सहयोगमा तयार पारिएको समाचार सामाग्री)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close