> समाज > भिडियो कन्फ्रेन्सबाट थुनुवाको म्याद थप


भिडियो कन्फ्रेन्सबाट थुनुवाको म्याद थप

दाङ, ११ बैशाख ।
दाङ देउखुरी जिल्ला अदालतले आज बिहिवारबाट भिडियो कन्फेरेन्सबाट थुनुवाको म्याद थप शुरु गरेको छ । म्याद थपका लागि अदालत आँउदा कोराना परिक्षण रिपोर्ट अनिवार्य ल्याउनु पर्ने व्यवस्था रहेको तर कोरोना विशेष अस्पतालहरुले थुनुवा वन्दीहरुको कोरोना भाईरस परिक्षणका लागि स्याव संकलन गर्न सिमित स्रोत र साधनको कारण देखाई तत्काल परिक्षण प्रतिवेदन दिन नसक्ने अवस्था भएका कारण विभिन्न मुद्दाहरुको म्याद थप कार्य प्रभावित भईरहेको थियो । जिल्ला अदालतले त्यस्तो समस्या समाधानका लागि आज देखी कन्फरेन्सबाट म्याद थप गर्न शुरु गरिएको श्रेष्तेदार उपसचिव धनसिंङ गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि पक्राउ गर्ने निकायले अदालतबाट अवश्यकता अनुसार म्याद थप गर्नुपर्ने हुन्छ । वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी बढीमा २५ दिन र बन्यजन्तु अपराधमा संलग्न भएकाहरुलाई पटक पटक गरी बढीमा ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न सकिने कानुनी ब्यवस्था रहेको छ ।


बन्यजन्तुको अवैद्य चोरी शिकार उद्योगमा डिभिजन वन कार्यालय दाङले पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरेका चार जनाको भिडियो कन्फेन्सबाट म्याद थप गरिएको श्रेष्तेदार गिरीले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय दाङको थुनुवा कक्षबाट पक्राउ गरिएका आरोपितहरुसँग पालैपालो भिडियोमा घटनाको विषयमा सोधपुछ गरी न्यायधिस भिमलाल बेल्बासेले सात दिनको म्याद गरेको आवश्यकता अनुसार यही विधिबाट पुनः म्याद थप गर्न सकिने अदालतले जनाएका छ ।
डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । यस अवधीमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिडिभजन वन कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!