राष्ट्रियसमाज

एम्नेस्टी प्युठानमा कल्पना खड्काको नेतृत्व

प्युठान । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको संयोजकमा पुनः कल्पना खड्का निर्वाचित हुनुभएको छ । आज सम्पन्न २० औं वार्षिक साधारणसभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको सह-संयोजक शिवराज श्रेष्ठ, सचिब सुजल श्रेष्ठ, सह सचिब छमा श्रेष्ठ, कोषाध्यक्ष राधिका खड्का र सदस्यमा लक्ष्मण श्रेष्ठ, राधिका केसी, राधिका पन्थी, कमल बिक, लोकेन्द्र सुनार, देवीराम शर्मा रहनुभएको छ ।

प्युठान क्याम्पस खलंगामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसि, बिशेष अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनी, रेडक्रस प्युठानका सभापति गुमानराज पुलामी, एम्नेस्टी नेपालका निवर!उपाध्यक्ष पार्वता आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Related Articles

Back to top button