> राष्ट्रिय > पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु


पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

प्यूठान, ७ असार । झिमरुक गाउँपालिका–६ तोरवाङमा पोखरीमा डुवेर एक बालकको मृत्य्ु भएको छ ।

 

सोमबार विहान घर नजिकैको पोखरीमा डुबेर बसन्त बहादुर केसीका दुई वर्षीय छोरा यमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

पोखरीमा डुबेका बालकलाई प्यूठान अस्पताल विजुवारमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । बालक खेल्ने क्रममा पोखरीमा खसेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *