> समाज > प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०६ पुग्यो


प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०६ पुग्यो

प्यूठान, १९ असार । शुक्रवार प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा प्यूठान ऐरावति गाउँपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित ३० र ४९ वर्षिय पुरुष रहेका छन् । उनिहरु ऐरावति गाउँपालिका स्थित क्वारेन्टाइनमा बस्दै आएको थिए ।

यससँगै प्यूठानमा कोरोना संक्रमित संख्या ३०६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *