मरन्ठाना । दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा चौथो अधिबेशन बाल बिद्या माध्यमिक बिद्यालय मजुवामा सम्पन्न भएको छ ।
संस्थाको १० औं साधारणसभा तथा चौथो अधिबेशनको बन्द सत्रबाट पुर्णलाल गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कल्पना गिरी सचिब माधब गिरी र कोषाध्यक्षमा माया गिरी निर्बिरोध चयन हुनुभएको छ ।
संस्थाका सचिब बिजय जिसीले सहकारीले गरेका समग्र बिषय भाबी कार्ययोजना समेटिएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष माया गिरीले संस्थाको आर्थिक कारोबार समेटिएको आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । दुबै प्रगति प्रतिबेदन सभाबाट अनुमोदन गरिएको छ ।
१ सय ५८ जना सदस्य आवद्ध रहेको सहकारीमा हाल सम्म कुल बचत १ करोड ४९ लाख १३ हजार ६ सय ९५ रहेको छ । सहकारीले लगानीका क्षेत्र हेरेर कृषिमा २० जना उद्यम ब्यवसाय र ब्यापारमा ४३ जना, घर निर्माणमा ९ जना, औषधि उपचारमा ४० जना र वैदेशिक रोजगारको लागि ५ जनाले ऋण लगेर आय आर्जन वृद्धि गरेको संस्थाका सचिब बिजय जिसीले बताउनुभयो ।
संस्थका उपाध्यक्ष पुर्णलाल गिरीको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष बिकास केसीको अध्यक्षता र प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संचालन संस्थाको सचीव बिजय जिसीले गर्नुभएको थियो । एकल उदेश्य राखेर २०५९ सालमा २५ जना सेयर सदस्यबाट स्थापना गरिएको थियो ।
कार्यक्रममा छिमेकी सहकारी संस्थाका प्रतिनिधि जनप्रतिनिधि बुद्धिजीवी समाजसेवीलगाएको सहकारीको प्रगतिको लागि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रिय नीति अनुसार सहकारीलाई एकीकरण गरि एउटै सहकारी बनाएर जानुपर्नेमा जोड दिएका थिए ।
निर्वाचित कार्यसमितिले भबिस्यमा अझै राम्रो काम गरेर देखाउनु पर्ने चुनौती भएकोले त्यसतर्फ ध्यान दिएर काम गर्न वडा अध्यक्ष लोक बहादुर केसीले सुझाव दिनुभयो ।
