समाज

स्थानीय तहका कर्मचारी आन्दाेलनमा

प्युठान । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीका मुद्दाहरु सम्बोधन गर्न दबाब दिंदै स्थानीय तहका कर्मचारीले  ३ दिनदेखी आन्दोलन जारी राखेका छन् ।

 

जिल्लामा रहेका स्थानीय तहका कर्मचारीले काम बन्द गरि आन्दाेलनमा बसेका हुन् । उनीहरुले निजामतीको सेवा भित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाबाटै नै हुने व्यवस्था लागु गर्नुपर्ने सहित स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागु हुन नहुने, समायोजन भएकाहरुको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने माग समेत राखेर आन्दोलन गरेका हुन । सेवाअवधि गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायत माग पनि उनीहरुको छ ।

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने माग उनी स्थानीय तहका कर्मचारीको छ । स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ ।

Related Articles

Back to top button