> समाज > प्यूठानमा नाम बदलेर दोहोरो नागरिकता, सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता बनाएको खुल्यो


प्यूठानमा नाम बदलेर दोहोरो नागरिकता, सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता बनाएको खुल्यो

प्यूठान । स्वर्गद्वारी नगरपालिका-८ मा एक जना व्यक्तिले दोहोरो नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको छ । स्थानीय पोवी बैजालीले उमेर बढाएर दिलमाया बैजालीको नामबाट नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलेको हो ।

 

उक्त विषयमा जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी परेपछि नियमानुसार पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । अरु विषयमा थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

 


वैजालीले ४ पटक सामाजिक सुरक्षा भत्ता बुझेको स्थानीयले बताएका छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ताकै लागि मिलेमतोमा नागरिकता बनाएको बताएका छन् ।

वडा अध्यक्ष खोप बहादुर राउवतले दोस्रो विहे गरेर गाउँमा आएको महिलाले नाम बदलेर नागरिकता बनाएको बताउनुभयो । “मलाई झुक्काएको रहेछ,” वडा अध्यक्ष रावतले भन्नुभयो,“प्रशासनमा उजुरी परेपछि मात्र थाहा भयो ।” महिलाले २०६३ सालमा नागरिकता बनाएको उहाँले बताउनुभयो ।

वडाले नागरिकताको सिफारिस गर्दा प्रहरी मुजुल्का बनाएको, वडाको सर्जिमिन बनाएको, स्वर्गद्वारी नगरपालिका ३ नम्वर वडाले जन्म प्रमाण सिफारिस दिएको समेत अध्यक्ष रावतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *