राष्ट्रियसमाज

किसानले पाएनन एक करोड ४१ लाख भुक्तानी

प्यूठान । आर्थिक वर्ष २०७८÷०७९ मा सम्पन्न भएको कामको करीव डेढ करोड रुपियाँ किसानले अmझै भुक्तानी पाउन सकेका छैनन् । लुम्बिनी प्रदेश सरकार मार्फत सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्र्तगतको रकम किसानले भुक्तानी नपाएका हुन् ।

कार्यक्रम सम्पन्न भएर पनि किसानलाई भुक्तानी दिन नसकिएको विजुलीकोट स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष श्याम थापाले बताउनुभयो । एकीकृत कृषि तथा पशुपन्छी कार्यालयसँग ३७ लाख ५० हजार रुपियाँ र ऐरावती गाउँपालिकासँग आठ लाख १६ हजार रुपियाँको कार्यक्रम सम्झौता गरि काम गरेको उहाँले बताउनुभयो । तरकारी तथा फलफूल स्मार्टमा आफूहरुले काम गरेको थापाको भनाई छ ।

मल्लरानी तरकारी स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि गत वर्ष कार्यालयसँग ३७ लाख ५० हजार रुपियाँको सम्झौता गरेर काम सकाएको अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनुभयो ।“कार्यक्रममा गाउँका ५८ जना किसान आवद्ध हुनुहुन्छ,”, उहाँले भन्नुभयो, “सम्झौता अनुसार किसानले काम गरेर पैसा नपाउँदा निराश हुनुभएको छ ।” रकम भुक्तानीका लागि कार्यालयमा पटक–पटक सम्पर्क गर्दै आएको उहाँले बताउनुभयो ।

जिल्लाका चार वटा स्मार्ट कार्यक्रमको भुक्तानी नभएको एकीकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानका प्रमुख भाष्कर पौडेलले बताउनुभयो । विजुलीकोट, दियाल्ना, मल्लरानी र चोरमोल स्मार्टको रकम समयमै भुक्तानी हुन नसक्दा रोकिएको उहाँको भनाई छ ।

स्मार्ट सहित अरु कार्यक्रमको गरि एक करोड ८४ लाख रुपियाँ भुक्तानी हुन बाँकी रहेको छ । भुक्तानीका लागि ढिला फाइल आउँदा उक्त समस्या देखिएको कार्यालयले जनाएको छ । “रकम भुक्तानीका लागि १८ नम्वर फाराम भरेर कोलेनिका पठाएका छौं,” पौडेलले भन्नुभयो, “प्रदेशमा पनि निरन्तर फलोअप गरिरहेका छौं ।”

Related Articles

Back to top button