> राजनीति > एमाले प्यूठानले सम्झियो मदन भण्डारी र जीवराज आश्रितलाई


एमाले प्यूठानले सम्झियो मदन भण्डारी र जीवराज आश्रितलाई

प्यूठान । नेकपा (एमाले) प्यूठानले ३२ औं मदनआश्रित स्मृति दिवसको अवसर पारेर माैनधारणा सहित तस्बिरमा अविर माल्यार्पण गरि सम्झना गरेको छ । पार्टी कार्यालय बिजुवारमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष बिजयबिराज बिष्ट लगायत नेताहरुको उपस्तिथि रहेको थियो ।

 

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।

 

यसैबीच एमाले प्यूठानको जिल्ला सचिवालय बैठक शनिवार सम्पन्न भएकोछ । बैठकले आगामी आर्थिक वर्षका लागि जिल्लामा हुने बिकास निर्माणका सवालमा छलफल गरेको जिल्ला सचिवालय सदस्य रामचन्द्र केसिले जानकारी दिनुभयो ।

 

बैठकले जनसंगठनका पालिका र वडा स्तरिय संरचनालाई सक्रिय र सिर्जनात्मक बनाउन कार्ययोजना तय गरेको छ ।

 

पार्टीका हरेक नेता, कार्यकर्ता सामाजिक कार्यमा सकृय हुँदै सिर्जनात्मक हुने, नागरिक उन्मुक्ति, संबिधानको रक्षा र समाज प्रती उत्तरदायी हुन बैठकले आव्हान गरेको एमाले प्यूठानका अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *