> राजनीति > प्यूठानमा जनप्रतिनिधिले दिए राजिनामा


प्यूठानमा जनप्रतिनिधिले दिए राजिनामा

प्यूठान, ८ वैशाख ।
स्वर्गद्वारी नगरपालिका–७ का वडा सदस्य ऋषिराम घर्ती मगरले पदबाट राजिनामा दिनुभएको छ । सदस्य घर्तिमगरले बैशाख ५ गते वडा अध्यक्षलाई राजीनामा पत्र लेखेर बुझाउनुभएको हो । राजीनामा पत्रमा घर्तिले वडाबाट हुने क्रियाकलाप चित्तबुझ्दो नभएको कारण उल्लेख गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदम भट्टराई तत्कालिन माओवादीबाट निर्वाचित हुनुभएको हो भने वडा सदस्य मगर सहित चारै जना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हनुभएको हो । सदस्य मगरलाई राजीनामा फिर्ता लिन वडा कार्यालय र राष्ट्रिय जनमोर्चाले आग्रह गरेपनि फिर्ता नलिएको स्वर्गद्धारी नगरपालिकाका एक जनप्रतिनिधिले बताए ।

वडा अध्यक्ष भटुराईले छलफलका लागि घर्तिमगरलाई बोलाउँदा नआएपछि वडाबाट स्विकृत गरि नगरपालिकामा पठाएको बताउनुभयो । प्यूठान समाचार डटकमसँग टेलिफोनमा कुराकानी गर्दै उहाँले भन्नुभयो, उहाँले ५ गते राजीनामा बुझाउनुभएको हो, मैले छलफलका लागि बोलाउँदा पनि आउनुभएर र वडाबाट स्विकृत गरेर नगरपालिका पठाएको छु ।

सदस्यले वडाको काम चित्तबुझ्दो नभएको कारण उल्लेख गरेकोमा वडा अध्यक्ष भट्राईले भन्नुभयो, सवै चार जना सदस्य उहाँहरुकै पार्टीको हुनुहुन्छ, बहुमतको कदर नभएर मेरो त हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *