प्यूठान । लुम्बिनी प्रदेशमा प्यूठानबाट समानुपातिक सदस्यमा दुई जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गरेको समानुपातिक सदस्यमा प्यूठानबाट नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन ।
खस आर्य तर्फ निमा गिरी र आदिवासी जनजाति तर्फ धनलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको हो । गिरी झिमरुक गाउँपालिका-७ तुषाराकी र श्रेष्ठ प्यूठान नगरपालिका-४ विजुवारकी हुनुहुन्छ ।
