> राजनीति > प्यूठान खलंगामा प्रदेश स्तरको सीप विकास प्रतिष्ठान बन्दै, कार्यान्ववयन गर्ने जिम्मा मल्लरानी गाउँपालिकालाइ


प्यूठान खलंगामा प्रदेश स्तरको सीप विकास प्रतिष्ठान बन्दै, कार्यान्ववयन गर्ने जिम्मा मल्लरानी गाउँपालिकालाइ

प्यूठान । लुम्बिनी प्रदेश स्तरको सीप विकास प्रतिष्ठान प्यूठान सदरमुकाम खलंगामा स्थापनाको लागि प्रक्रिया अघि बढेको छ ।

 

लुम्बिनी प्रदेश सरकारले यस चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट तथा कार्यक्रम अन्र्तगत प्रतिष्ठान स्थापनाको लागि प्रक्रिया अघि बढेको हो ।

आर्थिक मामिला तथा शहकारी मन्त्री खड्काको पहल
सीप विकास प्रतिष्ठान स्थापनाको लागि आर्थिक मामिला तथा शहकारी मन्त्री कृष्णध्वज खड्काले आफूले पहल गरेको बताउनुभएको छ । यसअघि निर्वाचनका बेला समेत घोषणा पत्रमा उल्लेख गरेको भन्दै उहाँले प्यूठान सदरमुकाम खलंगामा स्थापना गर्न लागिएको बताउनुभयो ।

 

प्रदेश सरकारले सञ्चालन गर्ने विभिन्न सीप सम्वन्धी तालिम प्रतिष्ठान मार्फत हुनेछ । त्यसले सदरमुकामको चहलपहलमा वृद्धि ल्याउने समेत खड्काको भनाई छ ।

 

जग्गाको खोजी हुँदै
प्रतिष्ठान स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडी बढाउन जग्गाको खोजी गरिएको छ । मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानाले त्यसका लागि जग्गाको खोजी गर्ने र कार्यालय स्थापना गरि काम अघि बढाउने तयारी गरेको बताउनुभयो । सदरमुकाम क्षेत्र वरीपरी जग्गा खोजी गर्न मन्त्री सहितको टोलीले स्थलगत अवलोकन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठान स्थापनाको विषयमा मन्त्री सहित जिल्ला समन्वय समिति प्यूठानका प्रमुख, प्यूठान नगरपालिकाका प्रमुख, मल्लरानी गाउँपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको बैठक समेत बसेको थियो ।

 

२ करोड बजेट
प्रतिष्ठान स्थापनाका लागि हाल २ करोड बजेट विनियोजन भएको छ । प्रक्रिया अगाडी बढेर काम गर्दै जाँदा थप रकम समेत विनियोजन गर्न सकिने मन्त्री खड्काले जानकारी गराउनुभएको प्रेस सल्लाहकार टिकाराम पोख्रेलले जानकारी दिनुभयो ।

 

किन खलंगामा रोजियो ?
प्रतिष्ठान प्रदेश स्तरको भएकाले हालको प्रदेश मुकाम बुटवलमा राख्नुपर्ने जोड थियो । त्यसको साथसाथै प्रदेशको केन्द्र भालुवाङ, बाँकेमा राख्नका लागि विभिन्न नेताले पहल गरेका थिए । त्यसैगरि प्यूठानको माण्डवी गाउँपालिकाको दारिमचौरमा राख्न समेत दवाव थियो ।

प्यूठान सदरमुकाम खलंगामा राख्नका लागि मन्त्री खड्काले निर्वाचनको बेला प्रतिबद्धता व्यक्त गरेकाले सोही अनुसार प्रक्रिया अघि बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *