> विचार > सपना रंङ्गीन वनाउन रंगहरु आफैले भरौँ


सपना रंङ्गीन वनाउन रंगहरु आफैले भरौँ

सन्तोष रोका
हामी सवैले हरेक दिनहु जसो आाफनो आफनो जिवनमा रंगिन सपनाहरु देखिरहेको हुन्छौ किनभने रंगिन दुनिया रंगिन संसार त जो कोहि लाई प्यारो लाग्छ नै । तेहि रंगीन सपनाहरु आफनो जिवनमा यर्थाथ सावित होस वास्तविकता होस भन्ने हामी सवैको चाहना हुन्छ । नहोस पनी कसरी किनभने ति रंगिन सपनाहरु हाम्रो जिवनको लागी खास वनेर आएको हुन्छ ।

जुन रंगिन सपनाहरु अहिलेको हाम्रो वास्तविक जिवन भन्दा पृथक हुन्छ । अति सुन्दर हरेक हाम्रा इच्छा आकंक्षाले भरिपुर्ण हुन्छ र त हामी सवै आपनो रंगिन सपनाहरुमा रमाइरहको हुन्छौ । किनभने ति रंगिन सपनाहरुले हाम्रो जिवनलाई पुर्णता वनाइदिएको हुन्छ । तेसैले त हामी हरेक दिन ति हाम्रा रंगिन सपना सजाइरहेको हुन्छौ । रंगिन सपनाहरु हामी सवैले देख्नु स्वभाविक हो तर ति हामीले दिनहु जसो देख्ने ति रंगिन सपनाहरु जुन सपनाहरुले हाम्रो जिवन लाई पुर्णता दिएको हुन्छ ।

हाम्रो जिवनमा एउटा उर्जा थपिदिने काम गरिदिएको हुन्छ । हामीलाई सहि गन्तव्य देखाई रहेको हुन्छ के त्यो रंगिन सपनाहरु हामी देख्दै गर्दा दैनिकी ति रंगिन सपनाहरु आफनो मानस्पटलमा कैद गर्दै गर्दा हामीले देखिएका ति रंगिन सपनाहरु लाई आफनो जिवनको वास्तविकता वनाउन हामीले ति रंगिन सपनाहरु अनुसार कति रंगहरु भर्न सक्यौ त ? भन्ने कुरा हाम्रो लागी महत्वपुर्ण वनेको हुन्छ ।

यहि जन्म र मृत्युको विचमा हामीले देखेको हाम्रो रंगिन सपनाहरुमा हामी कस्तो रंगहरु भर्ने भन्ने कुराहरु लाई स्पष्ट चित्रण गर्दै अगाडी वढौ किनभने तेहि हामीले भरेको रंगहरु नै हिजो हामीले हाम्रो रंगिन सपनाहरुमा जस्तो रंगहरु भर्दै आयौ ति रंगिन सपनाहरु आज हाम्रो जिवनका विभिन्न पाटाहरु वनेर हाम्रो जिवनमा यर्थाथ वनेर आएका छन ।

हामी अझै पनी भ्रममा छौँ । हामीले देखेका अनेकन ति रंगिन सपनाहरु सपनामा नै सिमित रहेको छन । कति सपनाहरु त विलाई पनी सके कति सपनाहरुमा रंगहरुको तारतम्यता मिलेन कसैमा रंगहरु वढि र कसैमा कम, त्यसैले त हामी आफना ति रंगिन सपनाहरु लाई वास्तविकतामा पाउन सकिरहेको छैनौ । तर ति सपनाहरु पुरा नहुनुमा अनेकन दोषहरु अनेकन आत्मआलेचना अनेकन टिकाटिप्पणी गरिहरेको छौ । परिणाम स्वरुप हामी आफनो जिवन लाई नै हरेक दिन धिक्कारिरहेको छौ ।

आफनो जिवन लाई हरेक दिन कमजोर वनाइरहेको छौ । हामी आफनो जिवन देखि आफुनै खुशि हुन सकिरहेको छैनौ । अनि आफनो जिवन आफै लाई प्यारो लागीरहेको छैन । किनभने हामी हाम्रो रंगिन सपनाहरु लाई आफनो जिवनको यर्थाथ पाटाहरु जिवनको वास्तविकता सम्झीरहेको छौ तर त्यो कहिले सत्य हुदैन । किनभने ति रंगिन सपनाहरुमा हामीले जस्तो रंगहरु भर्न सक्यौ आखिर वास्तविकतामा पाउने त तेहि नै हो । भनिन्छ नि ‘तिमी जे सोच्छौ त्यो अवश्य पाउछौ तर आज तिमी जे छौ त्यो तिम्रो वास्तविकता हो ।’

आज तेहि वास्तविकता र सपना लाई हामी छुट्याउन सकिरहेको छैनौ । किनभने हामी अझै पनी आफनो ती रंगिन सपनाहरु लाई विश्वास गर्न सकिरहेको छैनौ । र हरेक हाम्रा रंगिन सपनाहरु लाई आज हामी आफनो जिवनको देखावटी वास्तविकता वनाई रहेको छौ । प्राकृतीक सौन्दर्यता भन्दा पनी कस्मेटीक सौन्दर्यतामा रमाई रहेको जस्तो ।

हामीले अहिले सम्म देखेको हरेक रंगिन सपनाहरुमा हामीले जति नै रंगहरु भर्न सक्यौ आज तेहिनै हाम्रो जिवनको यर्थाथ पाटाहरु हुन । त्यो नै हाम्रो जिवनको वास्तविकता हो । जस्लाई हामी स्विकार गर्दै हाम्रा अधुरा अपुरा ति रंगिन सपनाहरुमा आज वाट नै ति रंगिन सपनाहरुको आधारमा रंगहरु भर्न तर्फ लागौ । आफनो रंगिन सपनाहरु लाई आत्मविश्वास गर्दै हाम्रा जिवनका ति रंगिन सपनाहरु लाई जिवनका यर्थाथमा साकार गरौ । अनि यो आफनो सुन्दर जिवनको महत्व वोध गर्दै आफना रंगिन सपनाहरु लाई यर्थाथमा रमाउने गरौ ।

सृष्टीको नियम स्पष्ट छ र उ आफनो नियम अनुसार अगाडि वढिरहेको छ, कि हामी जन्मे पछि मर्नु पर्दछ । यहि जन्म र मृत्युको विचमा हामीले देखेको हाम्रो रंगिन सपनाहरुमा हामी कस्तो रंगहरु भर्ने भन्ने कुराहरु लाई स्पष्ट चित्रण गर्दै अगाडी वढौ किनभने तेहि हामीले भरेको रंगहरु नै हिजो हामीले हाम्रो रंगिन सपनाहरुमा जस्तो रंगहरु भर्दै आयौ ति रंगिन सपनाहरु आज हाम्रो जिवनका विभिन्न पाटाहरु वनेर हाम्रो जिवनमा यर्थाथ वनेर आएका छन । भोली पनी यसरी नै हामीले भरेका रंगहरुको आधारमा आउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!