प्यूठान, २५ वैशाख । विदेशिएका युवाहरुको आर्थिक सहयोगमा गौमुखी गाउँपालिका–४ मा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएका गौमुखी गाउँपालिका ४ का युवाहरुको पहल, सक्रियता तथा सहयोगमा संकलन भएको रकममध्येबाट ४५ हजार बरावरको मास्क, सेनिटाइजर, औषधी लगायतका साम्रगी वडाका विभिन्न ठाउँमा गई वितरण गरिएको कार्यक्रमका एक नेतृत्व कर्ता पुष्कर शर्माले जानकारी दिनुभयो ।
गौमुखी गाउँपालिकाका वडा अध्यक्ष टुक बहादुर के.सि र वडा सदस्य हरि बहादुर के सि को उपस्थितिमा वडाका विभिन्न ठाउँमा विरतण गरिएको हो । साथै अभियानबाट ७२ हजार ९ सय रुपैयाँ संकलन भएकोमा ४५ हजार रुपैयाँ वरावरको सामग्री आज वितरण गरिएको र वाकी रकम आगामी दिनमा आवश्यकता अनुसार गाउँमा पर्ने दुःख, समस्यामा खर्च गर्ने निर्णय भएको नेतृत्वकर्ता शर्माले बताउनुभयो ।

सहयोगी मन हरुलाई सधै दियर खान पुगोस हामी सबैको जय होस ।
सहयोही मनहरु लाई सधै दियर सहयोग गरेर खान पुगोस हामी सबै नेपाली को जय होस।