> राष्ट्रिय > कोभिड सम्वन्धी भ्रम न्यूनिकरण गर्नु आवश्यक छ : सरोकारवाला


कोभिड सम्वन्धी भ्रम न्यूनिकरण गर्नु आवश्यक छ : सरोकारवाला

प्यूठान । गाउँसमाजमा कोरोना भाईरस (कोभिड-१९) सम्वन्धी भ्रम कायमै रहेकाले त्यसलाई न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने सरोकारवालाले औल्याएका छन् ।

 

करीव दुई वर्षदेखी फैलिएको कोभिड-१९ सम्वन्धि आवश्यक जानकारी अभाव, भ्रम र लान्छना कायमै रहेकाले त्यसलाई न्यूनिकरण गर्ने तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिईएको हो ।

 

मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले आयोजना गरेको कार्यक्रममा विगतमा कोभिड-१९ बाट प्रभावित व्यक्ति तथा समुदायलाई गरिएको लान्छनाको समिक्षा गर्दै अझैपनि कोरोना संक्रमण कायमै रहेकाले त्यसप्रकारको व्यवहार कम गर्न, कोभिड-१९ बारे आवश्यक सही सूचना प्रवाह गर्न तर्फ ध्यान दिनुपर्नेमा सरोकारवालाले राय दिएका हुन् ।

सेभ द चिल्ड्रेन/ग्लोबल फण्डको सहयोगमा जिल्लामा एचआईभी तथा टिवि कार्यक्रम लागु भएको जानकारी गराउँदै उक्त कार्यक्रम अन्र्तगत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

“कोभिड सम्वन्धी जतिपनि भ्रमहरु छन । त्यसलाई न्यूनिकरण गर्न यो कार्यक्रम गरिएको हो ।” उहाँले भन्नुभयो, “समाजमा सचेतना फैलाउन सकियो भने लान्छना र भ्रम कम गर्न सकिन्छ ।” कोभिडका कारण धेरै कार्यक्रम प्रभावित भइरहेको समेत उहाँले बताउनुभयो । एचआईभी तथा टिवी कार्यक्रम गत मार्चदेखी सञ्चालनमा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जिल्लामा १०३ जना एचआईभी संक्रमितले औषधी सेवन गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ऐरावती गाउँपालिकाका सवैभन्दा बढी २९ जना संक्रमित रहेका छन् । क्षयरोग(टिवी) अन्त्यका लागि जिल्लामा पनि विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट काम भइरहेको जानकारी दिनुभयो ।

 

स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कल प्रसाद श्रेष्ठले नयाँ रोग, अज्ञात रोग भएकाले पनि कोभिड सम्वन्धी बढी भ्रम र लान्छना जोडिएको बताउनुभयो । उहाँले सवै सरोकारवाला मिलेर यसको न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *