प्यूठान । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण भोलि बुधबारदेखि सरकारी सेवा प्रवाह बन्द हुने भएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएका कारण भोलिदेखि सरकारी कार्यालयको सेवा प्रवाह बन्द हुन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानले सूचना जारी गरि मंसीर ५ गतेसम्म सेवा प्रवाह स्थगन हुने जनाएको छ । त्यसैगरी मल्लरानी गाउँपालिकाले मंसिर ४ गतेसम्म सेवा प्रवाह स्थगन हुने सूचना जारी गरेको छ ।
