> राष्ट्रिय > प्यूठानमा मेला हेरेर फर्किएका व्यक्ति चढेको जीप दुर्घटनाः ३ को मृत्यु, १२ घाईते


प्यूठानमा मेला हेरेर फर्किएका व्यक्ति चढेको जीप दुर्घटनाः ३ को मृत्यु, १२ घाईते

सुजल श्रेष्ठ
प्युठान । पूणर्िमाको मेला हेरेर फर्किएको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज ३७०७ नम्वरको जीप प्युठान नगरपालिका- ५ पूणर्ागाउँ कुनापानीमा राती साढे १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।

 

दुर्घटनामा प्युठान नगरपालिका-५ बस्ने ५२ वर्षीया मैमा घर्ति, ४३ वर्षीया बच्ची थापा र ४६ वर्षीय खुमन थापाको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा १२ जना घाईते भएका छन् । ६ जनाको जिल्ला अस्पताल र बाँकी ६ जनालाई बुटवल रिफर गरिएको छ ।

 

दुर्घटनामा घाईते गोदी घर्ती, विरी कुमारी महरा, श्रीमाया महरा, गोरी खत्री, डिलराम घर्ती र रामे रोकालाई जिल्ला अस्पतालबाट रिफर गरि बुटवल पठाइएको छ ।

 

जिल्ला अस्पतालमा फागुनी खत्री, जगमाया महरा, निमा खत्री, कुमारी महरा, निमलाल घर्तीमगर र नखी महराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीले राती साढे २ बजे खवर पाएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । गाडी चालक सम्पर्कमा नरहेको समेत उहाँले बताउनुभयो । प्युठान नगरपालिका-१ खैरामा लाग्ने पूणर्िमा मेला हेरेर फर्किएका व्यक्तिहरु दुर्घटनामा परेको स्थानीय लछुमन भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *