> राष्ट्रिय > ३७ औं जिल्लास्तरीय नेपाल जुनियर/ युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न


३७ औं जिल्लास्तरीय नेपाल जुनियर/ युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न

प्यूठान । नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल चिरायु मा.वि. चिसाबाङ प्यूठानको आतिथ्यतामा कार्तिक २० र २१ गते चिरायु मा.वि. चिसाबाङ को प्राङ्गणमा ३७ औं जिल्लास्तरीय गोष्ठी सम्पन्न भएको छ ।

चिरायु मा.वि.चिसाबाङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष निमानसिंह जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी. रहनु भएको थियो । विशेष अतिथिहरुमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखा अध्यक्ष लालप्रसाद पंगेनी, झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एम.सी., उपाध्यक्ष प्रमोद पोख्रेल, गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर राना, ने.रे.सो. प्यूठान जिल्ला शाखा सभापति गुमानराज पुलामी,  नेपाल रेडक्रस साेसाइटी केन्द्रीय कार्यालय का जुनियर/ युवा विकास विभागका निर्देशक माेना अर्याल, जिल्ला स्थित विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका पदाधिकारी, जिल्ला शाखा अन्तर्गतका विभिन्न विद्यालयका प्र.अ.तथा शिक्षक, शिक्षिका लगायत स्थानीय समुदायको समेत सहभागिता रहको थियो ।

२ दिन सम्म सञ्चालन भएको जुनियर /युवा सर्कल गोष्ठीमा प्यूठान जिल्ला स्थित सर्कल गठन भई निरन्तर रुपमा रेडक्रस संग आबद्ध भई आफ्ना गतिविधिहरु गर्दै आउनु भएका ७७ वटा विद्यालयका शिक्षक नायक, जुनियर/युवा रेडक्रस सर्कल सदस्य हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा जुनियर तथा युवा विकास समितिको तर्फबाट संयोजक ज्ञानहरी रिजालले यस बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन माथि छलफल गरी कार्यक्रमका सहभागीहरुबाट पारित समेत भएको छ ।

कार्यक्रममा अवसरमा मन्तव्य राख्नुहुने प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले रेडक्रस एक सेवामूलक संस्था भएको हुँदा मानव जिवन संग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयहरुमा रेडक्रसले निरन्तर रुपमा काम गर्दै आएको जानकारी गराउनु भयो, विपद् व्यवस्थापन, राहत तथा उद्धार, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा तथा रक्तसञ्चार जस्तो अति संवेदनशिल सेवा सञ्चालन गरी ने.रे.सो. ले महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा प्रशंसा समेत गनुभयो ।

उक्त गोष्ठीको अवसरमा सर्कल गठन भएका जिल्ला भरका विद्यालयहरु बाट उत्कृष्ट शिक्षक नायक को रुपमा प्रभात मा.वि. झिमरुक गा.पा. ३ आहालखोला का शिक्षक नायक तिर्थराज पोख्रेल जिल्ला शाखामा स्थापना गरिएको तुलक स्मृति पुरुस्कार अक्षय कोष बाट नगद ५ हजार सहित पुरस्कृत हुनुभएको छ ।

३८ औं जिल्ला स्तरीय गोष्ठी जनता मा.वि. ऐरावती गा.पा. ६ बिजुली प्यूठानमा सञ्चालन गर्ने गरी आगामी बर्षका लागि प्रस्तावित कार्यक्रम सहित कार्यक्रम सम्पन्न भएको छ ।