> Banner > जनप्रतिनिधिले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै उजुरी


जनप्रतिनिधिले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै उजुरी

प्यूठान, १८ भाद्र। झिमरुक गाउँपालिका वडा नं. ३ ले वडा कार्यालय निर्माण गर्ने भन्दै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको भेलाले जनप्रतिनिधिहरुले डाडदीमा सावर्जनिक जग्गामा जवरजस्त भवन निर्माण शुरु गरिएको भन्ने निर्णय अनुसार नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद पोख्रेलले विहिवार उजुरी दर्ता गराउनुभएको हो ।
१५ भदौंमा भएको भेलाले सार्वजनिक ठाऊँमा डोजर चलाईएकोले त्यसको छानविन गरी राज्य कोषको लगानी वडा अध्यक्षले फिर्ता गर्नुपर्ने निर्णय भएको पोख्रेलले बताउनुभयो । वडा कार्यालयले २ रोपनी १४ आना २ पैसा ० दाम भिरको जग्गा पास लिएर ३ रोपनी भन्दै जनतामा भ्रम छरेको उहाँको आरोप छ ।

विवाद जग्गामा होइन समिति गठनमा हो : वडा अध्यक्ष
विवाद जग्गामा नभई उपभोक्ता समिति गठनमा सन्दर्भमा भएको वडा अध्यक्ष मिनबहादुर खत्रीले बताउनुभयो । उपभोक्ता समिति गठनका सन्दर्भमा सर्वदलिय हुनुपर्ने प्रस्तावलाई स्विकार गरे पनि उपभोक्ताहरु वीचमा सहमति हुन नसक्दा विवाद उत्पन्न भएको उहाँको भनाई छ ।
कार्यदल गठन गरी जग्गादाताहरुको खोजि गर्दा ३ रोपनी ३ पैसा जग्गा पास लिएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयले प्राप्त गरेको जग्गासँगै सार्वजनिक जग्गा समेत सटेकोले त्यहाँ पुग्नको लागि र निर्माण सामाग्री राख्ने ठाँऊ बनाउँदा सार्वजनिक जग्गा प्रयोग भएको उहाँले स्विकार गर्नुभयो ।

गाउँपालिकाको ६० लाख लगानीमा उपभोक्ता समितिबाट बन्न लागेको वडा कार्यालय भवन नियमानुसार नै हुने उहाँको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *