> राष्ट्रिय > सतर्कता अपनाउन नगर प्रमुखको भिडियो सन्देश


सतर्कता अपनाउन नगर प्रमुखको भिडियो सन्देश

प्यूठान, ८ चैत ।
कोरोना संक्रमणबाट बच्नका लागि प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले नगरवासीलाई भिडियो मार्फत सन्देश सहित सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले सरसफाईमा ध्यान दिँदै सावुन पानीले अनिवार्य हात धुने बानी बसाल्न आग्रह गर्नुभएको छ । भीड भाडमा नजान, घरमै बस्न, विदेशबाट आएका व्यक्तिलाई १५ दिनसम्म घरमै बस्न नगरप्रमुखले आग्रह गर्नुभएको छ ।
होटल सफा राखौँ, रुमालको सट्टा नेपकिन प्रयोग गरौँ

कोरोना भाइरस (कोभिड १९) को जोखिम र सतर्कताको विषयमा होटल व्यवसायीहरुलाई अभिमुखिकरण गरिएको छ । जिल्लाभर संक्रमणबाट बच्नका लागि सतर्कता अभियान चलिरहेका बेला शनिबार होटल व्यवसायीहरुले कोरोनाको जोखिमबाट बच्ने उपायका विषयमा छलफल गरेका हुन् ।
अभिमुखिकरणमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले भाइरसबाट बच्नका लागि सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । नियमति रुपमा सावुन पानीले हात धुने, भीडभाडमा नजाने, भोज भतेर आयोजना नगर्ने, अनावश्यक नाक, मुख, आँखा नछुने लगायतको बानी बसाल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।


त्यसैगरी, जिल्ला विभिन्न स्थानीय तहले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सञ्चार माध्यम सहित माईकिंग र पर्चा पम्प्लेट बाट सचेतनाका काम अगाडी बढाइएको छ । मल्लरानी गाउँपालिकाका स्वास्थ्य संयोजक पारश शाहीले पालिकाभर पर्चा वितरण गर्न थालिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!