बोम वहादुर परियार
प्यूठान, २ फाल्गुन । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा स्वास्थ्य कार्यालय प्यूठानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा नेपाल रेड्क्रस सोसाईटि रक्तदान केन्द्र प्युठानको प्राबिधिक सहयोगमा आइतवारस्वास्थ्य कार्यालय प्यूठानमा रक्तदान कार्यक्रम सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो । रक्तदान गर्ने महान अभियानमा प्रेरित हुनका लागि आम नागरिकहरुलाई सचेत गराउदै रगतको अभाबमा कसैलेपनि मृत्यु बरण गर्न नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको स्वास्थ्य प्रमुख सुबेदिले बताउनुभयो ।
प्रदेशका १२ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई सामाजिक विकास मन्त्रालयले रक्तदान कार्यक्रम गर्न अनुरोध गरेको थियो । जिल्लाका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र कर्मचारी गरि १२ जना दाताहरूले आफ्नो रगत दान गरेका छन ।







