स्वर्गद्वारी । लायन्स इन्टरनेश्नल नेपाल ३२५ एन नेपालले मोडल नारायण खत्रीलाई सम्मान गरेको छ । शनिवार प्यूठानको स्वर्गद्वारी आश्रममा भएको तेश्रो क्याविनेट बैठकको अवसरमा सम्मान गरेको हो ।
यो सम्मान केवल आफ्नो मात्र नभई संगीतप्रति समर्पित सम्पुर्ण श्रेष्टा र संगीतप्रेमीहरुको लागि प्रेरणाको श्रोत भएको मोडल खत्रीले बताउनुभयो ।
मोडल खत्री अभिनित ‘करिमैले पो के गर्छ काईला….’ बोलको गीत अहिले चर्चामा छ । प्रथम भित्रिकोट महोत्सव २०८१ बाट रिलिज भएको गीत हालसम्म ४० लाख भन्दा धेरै पटक हेरिएको छ ।
गीतमा खेम सेन्चुरी र देवी घर्तिको आवाज रहेको छ । खत्रीसँग गीतमा पल शाह लगायत कलाकारले अभिनय गरेका छन् ।
