प्यूठान । कामना सेवा विकास बैंकले पहिरोबाट प्रभावित परिवारको लागि सहयोग गरेको छ । माण्डवी गाउँपालिका–२ मा वर्षातका कारण पहिरोबाट विस्थापित भएका परिवारलाई बैंकले राहत सामाग्री प्रदान गरेको हो ।
चामल, तेल, दाल, चिउरा, नुन लगायतका खाद्य सामाग्री प्रदान गरेको बैंकका जस्पुर शाखा प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिनुभयो । माण्डवी गाउँपालिका–२ का वडा सदस्य रमा पौडेललाई सहयोग हस्तान्तरण गरिएको थियो । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै विपदको अवस्थामा अति प्रभावित परिवारलाई जिविकोपार्जनका लागि सहयोग गरिएको प्रबन्धक सुवेदीले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी माहिराज भट्ट, गणेश मान खड्का, राजकुमार विष्ट, वडा सचिव घनश्याम अधिकारी, सुन्नानी आधार माविका प्र.अ. खिमानन्द पोख्रेल, प्राविधिक यज्ञ बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
बैंकले घटना प्रति दुःख व्यक्त गर्दै यस अवस्थामा सम्पुर्ण व्यक्ति, संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी, व्यापारी एवं सरोकारवाला सबैमा सक्दो सहयोग गर्न अपील समेत गरेको छ ।
Thank you for the coverage