> समाज > स्वर्गद्वारी नगरपालिकामा आज थपिएका १६ मध्ये १२ जना पुनः परीक्षण गरिएका व्यक्ति


स्वर्गद्वारी नगरपालिकामा आज थपिएका १६ मध्ये १२ जना पुनः परीक्षण गरिएका व्यक्ति

प्यूठान, ९ असार । स्वर्गद्वारी नगरपालिकामा आज थपिएका १६ जना संक्रमित मध्ये १२ जना पुनः परीक्षण गरिएका व्यक्ति भएको पाइएको छ ।

संक्रमितको रिर्पोट रुजु गर्दा यसअघि संक्रमण देखिएका व्यक्तिको पुनः परीक्षण गर्दा फेरी पनि संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वर्गद्वारी नगरपालिकामा नयाँ चार जना मध्य तीन जना भने कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पत्ता लागेका संक्रमित हुन् । यसअघि आरडीटी नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा गएका व्यक्तिलाई पीसीआर पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।

जसमध्ये २८, ३९ र ४३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । नयाँ पत्ता लागेका चारै जना आठ नम्वर वडाका हुन । स्वर्गद्वारी नगरपालिकामा संक्रमितको संख्या हालसम्म २६ पुगेको छ ।

कन्ट्याक्ट ट्रेसिङबाट स्वाव संकलन गरिएकाको काठमाण्डौ प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी १२ जना संक्रमितको पुनः परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको थियो ।

आजै एक जना नौबहिनीका संक्रमित भेटिएका छन् । जिल्लाभर संक्रमितको संख्या १७४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!