> राष्ट्रिय > सरुमारानीमा पहिरोले घर भत्किएका परिवारलाई राहत


सरुमारानीमा पहिरोले घर भत्किएका परिवारलाई राहत

प्यूठान । सरुमारानी गाउँपालिका-६ बुढीचौरमा पहिरोले घर भत्किएको ३ परिवारलाई राहत दिइएको छ । स्थानीय रुम बहादुर पुन, मोहन बहादुर पुन र खड्ग बहादुर पुनलाई सरुमारानी गाउँपालिका, प्यूठान उद्योग वाणिज्य संघ र रेडक्रस प्यूठानबाट राहत उपलब्ध गराइएको हो ।

 

सरुमारानी गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष चिन्त सोमैले पालिकाले प्रति परिवार २५ हजार रुपियाँको दरले राहत दिएको बताउनुभयो । १९ हजार रुपियाँ नगद र ६ हजारको सिरक, डसना, कम्मल उपलब्ध गराएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी सहितको टोली घटनास्थलमै पुगेर राहत प्रदान गरेको हो । स्थानीय विपद व्यवस्थापन कार्यविधि अनुसार २५ हजार रुपियाँसम्म राहत दिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

 

३ परिवारलाई प्यूठान उद्योग वाणिज्य संघले खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । त्यसैगरी रेडक्रस प्यूठानले राहत सामाग्रीको सेट उपलब्ध गराएको प्रवक्ता सोमैले प्यूठान समाचारलाई बताउनुभयो ।

 

वडा भवन ढल्दै
माथीबाट खसेको पहिरोले बगाएको वडा भवन ढल्ने अवस्थामा पुगेको छ । सोमैका अनुसार अहिले वडा भवन कोल्टे परिसकेको छ । भित्रका सामाग्री केहि नभएको भएपनि भवन तल पानीको मूल फूटेको र भवन कोल्टे पर्दै गएको जानकारी दिनुभयो ।

Exif_JPEG_420

Leave a Reply

Your email address will not be published. Required fields are marked *