प्युठान । दाङ क्षेत्र नम्बर १ मा एमालेले नेपाली कांग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने भएको छ ।
उहा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्दैहुनुहुन्छ ।
यस क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व अध्यक्ष पोखरेल प्युठानबाट यसअघि जनमोर्चाकी दुर्गा पौडेलसँग चुनाव लड्नुभएको थियो ।
यसपटक उम्मेदवारका लागि पार्टीले टिकट दिएन ।
गिलासमा भोट नमाग्ने घोषणा गरिसकेका पोखरेल यसबीचमा एमालेसँग संवादमा थिए । प्युठानमा सुर्य थापालाई गोविन्द पोखरेल समूहले समर्थन गर्नेगरी दाङ १ मा उहालाई एमालेले समर्थन गरेको हो ।
सो क्षेत्रमा प्युठानबाट झरेका मतदाताहरु निर्णायक छन् ।
गठबन्धनबाट नेकपा एसका मेटमणी चौधरी उम्मेदवार छन् । पोखरेललाई एमालेले समर्थन गरेसँगै दाङ १ र २ नम्बर क्षेत्रमा शेखर गगन समूले एमालेलाई मत दिने आन्तरिक समझदारी भएको छ ।
