काठमाण्डौं, २७ भाद्र । नेपालमा पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १०१७६ स्वाव परिक्षण गर्दा १२०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा ४१६ जना महिला र ७८५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १२० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३७ हजार ५२४ पुगको छ भने कोरोना संक्रमणबाट हालसम्म ३३६ जनाको मृत्यु भइसकेको छ ।
