खेलकुदराष्ट्रियसमाज

बेसिवन जागरण फ्रेण्ड्स क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता सप्पन्न

मित्र थापा
गौमुखी । प्यूठानको गौमुखीमा बेसिबन जागरण फ्रेन्ड्स क्लबकाे आयोजनामा पुरुष महिला भलिबल लगायत विविध कार्यक्रमको समापन भएको छ ।

समापन कार्यक्रमको प्रमुख अथिति गौमुखी गाउपालिका उपाध्यक्ष महावीर रानाले भलिबल खेलको उद्गम स्थलको रूपमा मानिने गौमुखी क्षेत्रबाट अबको समय देखि अन्य विधाका खेलमा पनि अग्रसर गराउन गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।


” खेलकुद तथा सांस्कृतिक कार्यक्रम सबैको मनमा विगत झै यस वर्ष पनि आयोजना हुदैछ बेसिवनमा ” “धर्मकला संस्कृतिमा हामी सबैको एकता,जनचेतना विकासमा हाम्रो प्रतिबद्धता”भन्ने मुल नारालाई आत्मसात गर्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विजया दशमीको अवसर पारी बेसिवन जागरण_फ्रेण्ड्स क्लबले आफ्नो १३ औं वार्षिक उत्सब विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजना गरि मनाएको हो ।

अग्रज पूर्व खेलाडी समाजसेवी , बुद्धिजीवी, पत्रकार, शिक्षक लगायत खेलप्रेमीहरु लाइ सम्मान र विजेता उपबिजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

साबिकको अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ३२ टिम सहभागी भएका थिए । पुरुष भलिबल तर्फ प्रथम गोर्खा बोवाइज बागलुङ लाइ प्रथम पुरस्कार ५५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । दित्तिय हुने कल्चर सेभ बागलुङलाई ३५ हजार र तृतीय हुने गौमुखी संरक्षण प्युठानलाई २० हजार मेडल र प्रमाणपत्र ट्रफी प्रदान गरिएको छ ।


खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ नौबहिनी प्युठानले प्रथम पुरस्कार २५ हजार, गौमुखी संरक्षण प्युठानले द्वितीय पुरस्कार १५ हजार र तिखाचुली रजबाराले तृतीय पुरस्कार १० हजार पुरस्कार प्राप्त गरेका छन ।

Related Articles

Back to top button