प्यूठान । आज नवौ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । प्यूठानमा बागेश्वरी अशल शासन क्लव(बास) नेपाल प्यूठान शाखाले दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा रेडियो संवाद, हाजिरी जवाफ, ¥याली सहित अन्र्तक्रिया कार्यक्रम गरिएको हो । व्यवस्थित परिवार हाम्रो अधिकार हामी सवै जिम्मेवार भन्ने नारा सहित दिवस मनाइएको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रशंसनीय
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले परिवार नियोजन दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाको कामको प्रशंसा गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जि.सी.ले समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा महिला स्वास्थ्य स्वयंसेविकाले गरेको कामको प्रंशसा गर्दै आगामी दिनमा समेत निरन्तरताको लागि आग्रह गर्नुभयो ।
उहाँले जिल्लामा शुन्य होम डेलिभरीको अभियान चलिरहेको भन्दै त्यसका लागि पनि स्वयंसेविकाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
बास प्यूठानका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख दुर्गा रेग्मी मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले परिवार नियोजन दिवसको अवसरमा शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्यूठानका परिवार नियोजन फोकल पर्सन रिता न्यौपानेले जिल्लाको अवस्थाबारे प्रस्तुती राख्नुभएको थियो ।
हाजिरी जवाफमा भानुभक्त मावि प्रथम
मल्लरानी गाउँपालिका भित्र मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भानुभक्त माध्यमिक विद्यालय बर्वोट प्रथम भएको छ । मल्लरानी बोर्डिङ स्कुल द्धित्तिय र अमर माध्यमिक विद्यालय चुँजा तृत्तिय भएको छ । विजयी सहभागीलाई स्टेश्नरी प्रदान गरिएको थियो । हाजिरी जवाफको सञ्चालन महेन्द्र माध्यमिक विद्यालयका शिक्षक धुर्व गिरीले गर्नुभएको थियो । प्रतियाेगितामा महेन्द्र मावि खलगा जनजागृति मावि कसेरी शारदा मावि चाैरपानी सहित ६ वटा विद्यालय सहभागी भएका थिए ।
महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुरु भएको ¥याली जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा पुगेर औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत लोकेन्द्र सुनार र सञ्चालन सुजल श्रेष्ठले गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएफपिए) को आर्थिक तथा प्राविधिक सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको सहकार्य र मल्लरानी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
