> आर्थिक/बिकास > विजय फूलवारी सहकारीको एकीकरण घोषणा, मुख्य कार्यालय र मोवाईल एप सञ्चालन


विजय फूलवारी सहकारीको एकीकरण घोषणा, मुख्य कार्यालय र मोवाईल एप सञ्चालन

प्यूठान । फूलबारी बचत तथा ऋण सहकारी संस्था र विजयलक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्थाको औपचारीक रुपमा एकीकरण घोषणा गरिएको छ । दुवै सहकारी एकीकरण भएर विजय फूलबारी बचत तथा ऋण सहकारीका रुपमा गत जेठ १४ गते नै प्रमाणपत्र प्राप्त गरि कारोबार गर्दै आएको थियो ।

 

उक्त अवसरमा मुख्य कार्यालय समेत उद्घाटन गरिएको छ । विजयनगर २ जुम्री बसपार्कमा मुख्य कार्यालय स्थापना गरिएको छ । साथै सहकारीको मोवाईल एप समेत शुरुवात गरिएको छ ।

 

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देश तथा विदेशमा सहकारीले आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारी क्षेत्र उत्पादनसँग जोडिन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका सदस्यलाई उत्पादनमा जोड्न सहकारीले योजना बनाउनुपर्नेमा उहाँको जोड थियो ।

 

प्रमुख अतिथी कँडेलले सहकारीसँग हातेमालो गरेर स्थानीय तह बढ्न सके नागरिककको जीवनस्तर बदल्न सकिने बताउनुभयो । सहकारी राज्यको परिपुरक हो, उहाँले भन्नुभयो, दिगो विकासका लक्ष्य पुरा गर्न सहकारीले काम गर्दै आएको छ । सिंगो जनताको जीवनस्तर बदल्दै समाजवादमा पु¥याउन सहकारीले भूमिका खेल्ने उहाँको भनाई छ ।

 

विजय फूलबारीले राष्ट्रिय स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गरिसकेको छ । अन्र्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डमा समेत सहकारी आवद्ध भएर काम अघि बढाएको छ । ०७९ असार मसान्त सम्मको तथ्यांक अनुसार सहकारीको शेयर पुँजी १ करोड ७६ लाख ५४ हजार ८ सय रहेको छ । कुल बचत १६ करोड ४ लाख ९२ हजार ४ सय ८० रुपिँया रहेको छ ।

 

कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्मा, फूलबारी बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेत, प्यूठान नगरपालिकाका नगर प्रवक्ता एवं वडा अध्यक्ष सुमन श्रेष्ठ, वडा नम्वर ९ का वडा अध्यक्ष विकास केसी, जिल्ला सहकारी संघ प्यूठानका संस्थापक अध्यक्ष जीवलाल न्यौपाने, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष माया गिरी, प्रेरणा महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सरस्वती न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

 

भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्मला पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *