प्यूठान । प्यूठान नगरपालिकाले लिदै आएको एकीकृत सम्पत्ति कर संकलन स्थगित गरेको छ । दोब्बर बढी कर बढाएको चौतर्फी विरोध भएपछि नगरपालिकाले हाललाई उक्त कर संकलन स्थगन गरेको हो ।
कर वृद्धिको विरोधमा नेकपा एमाले प्यूठान नगरकमिटीले हिजो नै ध्यानाकर्षण पत्र बुझाउँदै निणर्य सच्याउन माग गरेको थियो । नगरवासीले समेत यस विषयमा गुनासो गर्दै आएका थिए ।