> राष्ट्रिय > नौबहिनी गाउँ पालिकामा १६ सय बढीको आँखा र दातको उपचार


नौबहिनी गाउँ पालिकामा १६ सय बढीको आँखा र दातको उपचार

महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकाले सबै वडामा पुगेर नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरि आँखा तथा दातको जांच तथा उपचार गरेको छ ।

 

शिबिरमा ९ सय ३१ जनाको आँखाको जांच भएको छ । जसमध्ये १ सय ६१ जनामा मोतियाबिन्दु पत्ता लागेको छ ।
उनीहरुको नि:शुल्क शल्यक्रिया गर्ने ब्यबस्था मिलाउने पालिकाले जनाएको छ ।

७ सय ९ जनाले दातको उपचार गराएका छन । त्यसमध्ये ३ सय ६७ जनाले दात उखेल्ने सेवा लिएका छन ।१ सय ५० जनालाई थप उपचारको लागि जिल्ला अस्पताल रिफर गरिएको छ ।

 

शिबिरमा दात रोग विशेषज्ञ डाक्टर प्रमिला खनाल, दन्त चिकित्सक डाक्टर लुना थापा र आँखा उपचार केन्द्र बिजुवारका प्रमुख सुजता भण्डारीले जांच तथा उपचार सेवा दिनुभएको स्वास्थ्य शाखा प्रमुख रिशिराम शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *