> राजनीति > एक साता कष्टकर जीवन विताउन प्रमको आग्रह


एक साता कष्टकर जीवन विताउन प्रमको आग्रह

प्यूठान, २५ चैत ।

प्रधानमन्त्री केपि शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणको महामारीबाट बच्न अझै एक साता कष्टकर जीवन विताउनुपर्ने बताउनुभएको छ । उहाँले महामारी विरुद्धको अभियानमा सामाजिक दुरी अपरिहार्य भएको भन्दै सरकारले थप गरेको एक साताको लक डाउनको समयमा केहि कष्टकर भएपनि जीवन विताउनुपर्ने बताउनुभयो ।

उहाँले हालसम्म सरकारले गरेको लकडाउनलाई सवै पक्षले साथ दिएको भन्दै आगामी दिनको लकडाउन सफल बनाउन पनि सवै जना एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालले विभिन्न कालखण्डमा संकटको सामाना गदै आएको स्मरण गर्दै उहाँले २०७२ सालको भुकम्पबाट जसरी नेपाली समाज उठेको छ, त्यसरी नै अहिले पनि कोरोनालाई पराजित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलिले राजनीतिक विषयवस्तुमा आगामी दिनमा पनि छलफल र बहस गर्न सकिने भन्दै सवैपक्ष अहिले कोरोना विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार भ्रष्टाचार विरुद्ध अडिग रहेको दावी गर्दै त्यस प्रकारका गतिविधि नहुने बताउनुभयो । निहित स्वार्थ पुर्तिका लागि केहि पक्षले निराधार कुरा उठाउने गरेको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धका सरकारका गतिविधि अरु देशको तुलनामा सन्तोषजनक रहेको बताउनुभयो ।

धेरै स्रोत साधन भएका मुलकलाई समेत कोरोनासँग लड्न समस्या भइरहेका बेला नेपालले गरेको काम सन्तोषजनक रहेको उहाँको भनाई छ । उहाँले तीनै तहका सरकार कोरोना संक्रमण रोक्न र जनचेतनाका अभियान चलाउन सक्रिय रहेको र रहनुपर्ने बताउनुभयो । सरकारका गतिविधि स्थानीय स्तरमा लैजान सञ्चारमाध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रंशसा समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *