> राष्ट्रिय > प्यूठानमा सर्पले डस्दा एक महिलाको ज्यान गयो


प्यूठानमा सर्पले डस्दा एक महिलाको ज्यान गयो

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भिंगृ बजार नजिकै बरपिपल भन्ने ठाउँमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । आज विहान घरमा बसिरहेकी ३० वर्षीया विमला घर्तिलाई सर्पले डसेको थियो ।

 

सर्पले डसेर घाईते घर्तिलाई उपचारका लागि विहान सवा ११ बजे भिंगृ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । अस्पताल लैजादै गर्दा घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

प्रजाती नखुलेको सर्पले घर्तिको दाहिने हातको चोरी औलामा डसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *