प्यूठान । मल्लरानी गाउँपालिकाको वडा नं. ३ सिर्सेगैरा-मुण्डाँडा-चुजाँठाटी सडक खण्ड स्तरोन्नतिको काम धमाधम चलिरहेको छ ।
सडक खण्ड मध्यको २ किलोमीटर ३ सय मिटर पक्कि नालि निर्माण, कटिङ, वाल निर्माण, होमपाईप र ग्रावेलको काम भैरहेको छ । गाउँपालिकाको संघीय समपुरक योजना अन्तरगत ३ करोड बजेट मध्य ३१ लाख ८० हजारको लागतमा सडक निर्माणको काम भैरहेको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो ।
बर्षातको समयमा चुजाँठाटी-खलंगा चल्ने नियमित बस सेवा माझपोखरामा रोकिँदै आएकोमा सडक स्तरोन्नति पछि नियमित यातायात सेवा संचालनमा आउने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
सडक निर्माणको काम शिशिर निर्माण सेवा बाग्दुला प्यूठानले ठेक्का मार्फत गरिरहेको छ ।
